Type Here to Get Search Results !

आयोजक कतार एसियन कपको फाइनलमा

एजेन्सी – आयोजक कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ । इरानलाई बुधबार ३–२ ले हराउँदै कतार अन्तिम दुईमा पुगेको हो । उपाधि रक्षाका लागि कतारले अब फाइनलमा जोर्डनको सामना गर्नेछ ।

अलमोएज अलिले ८२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो । १७ औं मिनेटमा जेसिम गाबेर अब्दुलसालमले बराबरी गोल गोल गरेका थिए ।

अक्रम अफिफ ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै कतारलाई २–१ ले अगाडि बढेको थियो । अलिरेजा जाहानबाक्सले पेनाल्टीमा ५१ औं मिनेट बराबरी गोल गरे ।

१३ मिनेट थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा इरान १० खेलाडीमा सिमित भएको थियो । सोजे खालिजाडेह रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो ।

The post आयोजक कतार एसियन कपको फाइनलमा first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/U9DZdvR

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today