Type Here to Get Search Results !

सूर्यदर्शन सहकारी प्रकरण : पूर्वडीआईजी जोशीको घरमा प्रहरी छापा

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ। बुधबार बेलुका काठमाडौंको शंखमूलस्थित घरमा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। जीबी राई जोडिएका सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको आशंकामा प्रहरीले छापा मारेको प्रहरीका उच्च अधिकारीले बताए।

प्रहरीले जोशीको घरबाट चारवटा सफ्टवेयर बरामद गरेको छ। पूर्वडीआईजी जोशी जीबी राईका व्यावसायिक साझेदार हुन्। जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालय थियो। उक्त कार्यालयबाट प्रहरीले सर्भर लगायतका प्रमाण बरामद गरेको हो।

बरामद भएका सर्भर पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित भएको प्रहरीको आश‌ंका छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारी ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ।

The post सूर्यदर्शन सहकारी प्रकरण : पूर्वडीआईजी जोशीको घरमा प्रहरी छापा appeared first on Samudrapari.com.



from Samudrapari.com https://ift.tt/ZQ283lc

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today