काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएको छ । पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिर छन् ।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी
बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी
नेदरल्यान्ड्स टोली :म्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन
बेन्च : तेजा निदामनुरु, रोलफ भान डर मर्व, ओलिभर एलेन्बस, विक्रमजित सिंह
लिग-२ को खेल तालिका:
१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया – नामिबिया ४ विकेटले विजयी
१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया
२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
The post नेपालले टस जित्यो first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/Weu1Fwk
