Type Here to Get Search Results !

आर्सनलको सानदार जित, टोटनहम पराजित

एजेन्सी – आर्सनलले शनिबार सम्पन्न इंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा सानदार जित दर्ता गरेको छ । आर्सनलले बर्नली माथि ५-० को फराकिलो जित निकालेको हो ।

आर्सनलको जितमा बुकायो साकाले दुई तथा मार्टिन ओडेगार्ड, लियान्द्रो ट्रोसार्ड र काइ हाभर्ट्जले एक एक गोल गरे ।

खेलको चौथो मिनेटमा नै गाब्रिएल मार्टीनेलीको पासमा गोल गर्दै ओडेगार्डले सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा साकाले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।

साकाले दोस्रो हाफको दोस्रो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता तीन गोल बनाए । त्यसपछि ६६औं र ७८औं मिनेटमा ट्रोसार्ड र हाभर्ट्जले गोल गर्दै स्कोलाइन पाँच गोलको बनाए ।

जित पछि आर्सनल २५ खेलमा ५५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको ५७ अंक छ ।

यस्तै सोही समयमा भएको खेलमा टोटेनहम वल्भस विरुद्ध २-१ ले पराजित भएको छ । वल्भसका लागि जोआओ गोमेसले दुई गोल गरे । टोटेनहमका लागि डूजान कुलुसेभ्सकिले एक गोल गरेका थिए ।

हार पछि टोटेनहम २५ खेलमा ४७ अंक सहित पाँच स्थानमा यथावत छ । वल्भस भने २५ खेलमा ३५ अंक सहित १४औं छ ।

शनिबार साँझ नै भएका खेलमा एस्टन भिल्लाले फुलह्यान माथि २-१ को जित दर्ता गर्दा नोटिङ्घम फरेस्टले वेस्ट ह्यामलाई २-० ले हरायो । न्यूक्यासल युनाइटेड र बर्नमाउथले २-२ को बराबरी खेले ।

The post आर्सनलको सानदार जित, टोटनहम पराजित first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/KRPgT5k

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today