Type Here to Get Search Results !

कोरियन भाषा परीक्षा आजदेखि, धेरैको आवेदन परेकाले पाँच सिफ्टमा परीक्षा हुँदै

 unn.prixa.net

काठमाण्डाै - रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आज हुँदैछ।

परीक्षामा आवेदन दिनेको सङ्ख्या धेरै परेकाले पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिँदैछ । दक्षिण कोरियामा उत्पादनतर्फ राेजगारीमा जानका लागि सन् २०२४ मा भाषा परीक्षाका लागि आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर रहेकाे थियाे । 

ईपीएस शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आजदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्ने जानकारी दिनुभयाे । ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।

ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका छन् । शाखाका अनुसार ईपीएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजनिक गर्ने विषयमा कोरियन पक्ष (एचआरडी) सँग छलफल भएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today