Type Here to Get Search Results !

वडा कार्यालयभित्र युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

 


कञ्चनपुरको एक वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको छ ।

प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ । माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today