काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेको छ ।
सेलांगर क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर फिल्ड गर्ने निर्णय लिएकी हुन् । नेपाली टोलीमा पुनरागमन गरेका अलराउन्डर कविता कुँवर र कविता जोशी साथै ब्याटरद्वय डली भट्ट र अप्सरी बेगमले प्लेइङ-११ मा स्थान बनाएका छन् । टोलीको उपकप्तान रहेकी विन्दु रावल भने बेन्चमा छिन् ।
नेपालको प्लेइङ ११:
अप्सरी बेगम, डली भट्ट, सिता रानामगर, इन्दु वर्मा (कप्तान), कविता जोशी, काजल श्रेष्ठ, सम्झना खड्का, रोमा थापा, पुजा महतो, रुविना क्षेत्री, कविता कुँवर
बेन्च : अश्मिना कर्माचार्य, संगीता राई, विन्दु रावल
नेपाल रहेको समूह डी मा भुटान, माल्दिभ्स र हङकङ छन् । कुल १६ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष २ टोली क्वाटरफाइनलमा जानेछन् ।
The post नेपाल टस जितेर फिल्डीङ गर्दै first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/kru2bcy
