Type Here to Get Search Results !

कतार लगातार दोस्रो पटक एसियन कप च्याम्पियन

एजेन्सी – कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ । घरेलु भूमिमा भएको संस्करणको फाइनलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो ।

कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन् ।

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए ।

६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजान अल-नैमातले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर कतारले त्यसपछि दुई गोल थप्न सफल भयो ।

७२औं मिनेटमा कतारले दोस्रो पेनाल्टी पाएको थियो । सो अवसरमा लनक अफिफ चुकेनन् र कतारलाई खेलमा पुनः अग्रता दिलाए ।तेस्रो गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा आएको थियो । यसपटक पनि अफिफ माथि नै फाउल भएको थियो । उनले पुनः कु आज गल्ती नगरी ह्याट्रिक पूरा गरे ।

लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २-१ को जित निकालेको थियो । क्वाटरफाइनलमा उज्बेकिस्तान विरुद्ध टाईब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई परास्त गरेको थियो ।

कतारले २०१९ मा जापान माथि ३-१ को जित निकाल्दै पहिलो पटक उपाधि जितेको थियो ।

The post कतार लगातार दोस्रो पटक एसियन कप च्याम्पियन first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/ZkC3JHE

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today