Type Here to Get Search Results !

महोत्तरीमा लाखौंको धनमाल लुटपाट

 


रवीन्द्र उप्रेती,बर्दिबास। महोत्तरीको दक्षिणवर्ती मनरा शिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुईजना महिला घाइते भएका छन् । बिहीबार राति घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो ।

समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताउनु भयो । आठ÷नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् । परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारले बताउनु भयो ।

हिन्दी भाषा बोल्ने लुटेरा समूहकाे कुरा गराइले उनीहरु निकटवर्ती गाउँकै बासिन्दा हुन सक्ने पीडित परिवारको अनुमान छ । मनरा शिसवाका नगरप्रमुख मोहन पाण्डेले राति घटेको लुटपाटको घटनाले नगर क्षेत्रको सुरक्षामा प्रश्न खडा गरेको बताउनुभयो । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today