Type Here to Get Search Results !

माघ ११ गते मधेश प्रदेश बन्द गर्ने आजपाको निर्णय

 

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको छ ।

बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।

उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । बैंकहरुले लिनेगरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today