Type Here to Get Search Results !

सप्तकोशीका तत्कालिन अधिकृत र २ इन्जिनियर भ्रष्टाचारी, ३/३ महिना कैद सजाय


 

सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहाल र दुई प्राविधिक कर्मचारीलाई कैद सजाय सुनाएको छ। विशेषले ६ जनालाई भ्रष्टाचारी गर्दै तीन जनालाई कैद सजाय सुनाएको हो।

विशेषले सोमबार सप्तकोशीमा तत्कालीन निमित्त कार्यकारी अधिकृत रहेका दाहालले नगरपालिकामा भएको निर्माण कार्यमा भ्रष्टाचार गरेको ठहर गरेको छ। जसबाट सरकारलाई झन्डै १५ लाख रुपैयाँ नोक्सानी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्षअघि मुद्दा दायर गरेको थियो।

इन्जिनियर सुदीप चौधरी र सबइन्जिनियर रामकान्त चौधरीको पनि यसमा संलग्नता रहेको अख्तियारको दाबी थियो। यसमा दाहाल र दुवै इन्जिनियर पनि दोषी पाइएका छन्। दाहाल र सुदीप तथा रमाकान्त तीनैजनालाई तीन–तीन महिना कैद हुने सजाय सुनाइएको छ।

विशेषले १४ लाख ९७ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै तीनैजनाबाट दामासाहीले पर्न आउने रकम भराउने फैसला गरेको छ। प्रति आरोपित झन्डै पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसलामा उल्लेख छ।

उनीहरू तीनैजना मिली सार्वजनिक खरिद ऐन छलेको, सार्वजनिक खरिद नियमावलीका प्रावधानको गलत व्याख्या गरेको अभियोग लगाइएको थियो। ३० असार २०७७ मा अख्तियारले दायर गरेको अभियोगपत्रमा कार्यकारी अधिकृत दाहालले झन्डै १५ लाखको निर्माण कार्यमा आफ्नै एकल बोर्डको निर्णय गरी तीन भाग लगाई कोटेसनमार्फत तीन निर्माण व्यवसायीलाई दिएको उल्लेख छ।

तीनवटै निर्माण व्यवसायीहरूले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इस्टिमेटबमोजिम कार्यसम्पन्न नगरेको भेटिएको थियो। ठेकेदारले गुणस्तरहीन काम गरेको अवस्थामा पनि इन्जिनियरहरू सुदीप र रमाकान्तले काम सम्पन्न भएको गलत प्रतिवेदन तयार गरेका थिए। उक्त झुटा प्रतिवेदनकै आधारमा १४ लाख ९७ हजार रुपैयाँ भुक्तानी भएको भेटिएको थियो।

ठेक्का पाउने तीन कम्पनीका सञ्चालक पनि भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन्। उनीहरू राजकुमार यादव, नारायणप्रसाद यादव र श्यामकान्त चौधरीले नगरपालिकासँग सम्झौताविपरीत काम गरेको भन्दै अख्तियारकै मागदाबीबमोजिमको रकम बिगो कायम गर्ने फैसला गरेको छ।

सञ्चालक चौधरीले चार लाख ९८ हजार र अन्य दुई ठेकेदारले चार लाख ९९ हजार रुपैयाँ प्रतिव्यक्ति जरिवाना बुझाउनुपर्नेछ। जनही जरिवाना तोकिएको रकमको दोब्बर असुलउपर गर्ने फैसलामा उल्लेख छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today