Type Here to Get Search Results !

भुमिपति वनेपछिको खुसी : अव घरवास वनाएर तरकारी लगाउछौ


 

महोत्तरी बर्दिवास-२ का अमृत आले  पढन जान्दैनन तर लालपुर्जामा टासेको उन्की श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दंग देखिन्छन । उन्को खुसी अनुहारमा छल्कीरहेको छ।नगरले आज वितरण गरेको लालपुर्जामा के लेखेको छ भन्ने उन्लाई यस्को प्रवाह त छैन तर  यो पुर्जा भुमिपती वनेको प्रमाण हो भन्ने चै थाहा छ ।

नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए ।जिन्दगीभरी काहाँ बस्ने र के खाने भन्ने त्राही-त्राहीमा रहेका भुमिहिन तथा दलित भुमिहिन लालपुर्जा देखाउदै अनेक सपनाहरु सुनाईरहदा खुसी र सुख के हो भन्ने  जोकोहीले अनुभुत गर्न सक्थे ।

प्रमुख अथिति तथा अथितिहरुले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछी आले र उन्की श्रीमतीले नगरवाट प्राप्त जग्गामा सानो घर वनाएर तरकारी खेती गर्ने योजना सुनाए ।`बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ । यहाँ भन्दा ठुलो खुसी के हुन सक्छ र ?´ आले दम्पतिले भने । `कमसेकम मर्ने वेलामा भुमिपति भएर मर्न पाइने भयो ।´

उमेरले डाडो काटेतापनी आले अहिलेपनि ठेला चलाउछन । यही पेशावाट नै भएको आम्दानीले उन्ले दुई छोरी र दुई छोराको विवाह गरिदिए । `छोराहरुले कमाउन थालेतापनी आफ्नै जग्गा र घर जोर्ने सपना, सपनामा नै सिमित वन्यो ।´ उन्ले भने । `अब जग्गा नगरले दियो, घर वनाउन छोराहरुलाई भन्छु ।´ 

वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछी निक्कैवेर भावुक भईन । उमेरले ६९ बर्ष पुगेकी परियार छोराछोरी भएतापनी एक्लिएको अनुभुती भएतापनी नगरले जग्गा दिएर सहारा प्रदान गरेको वताईन ।`एउटा छाप्रो वनाउछु अनि तरकारी लगाएर भएपनि अब जिविकोपार्जन गर्छु ।´ परियारले भनिन । 

अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुदा  लामो समयदेखी कोठामा बस्दै आएकी थिइन । घरवासको लागी आफ्नै जग्गा थिएन । वनिवुथो गरेर जिविकोपार्जन गर्दै आएकी उन्को श्रीमान बर्षौ पहिला वितेका थिए । 

`घरबास नहुदाको पीडा मलाई जति अरु कस्लाई थाहा होला र ।´ सोममायाले खुसी हुदै भनिन । `कमसेकम भुमी आयोग र नगरले हाम्रो पिडालाई थोरै भएपनी मलम लगाउने प्रयास गरेको छ ।´

उनिहरु जस्तै बर्दिवास-२ स्थित २५ नम्बर बहादुर गंज ४ घ कित्ता न.३२ वाट प्रती घरधुरी १ कठ्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ । जग्गा पाएपछी उनिहरुले घरवास बनाउने मात्र योजना बनाएका छैनन तरकारी तथा अन्य उत्पादन गरेर व्यवसायिक वन्ने समेत सपना बुनेका छन ।

पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पुर्ण भुमिहिनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भुमि आयोग महोत्तरीले २२ मंसिरमा हकदावीको लागी नामावली 

प्रकाशन गरेको थियो ।त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछी २९ मंसिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भुमी आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।

सोहीअनुसार आज ५३ जना भुमिहिनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाई छ । अन्य भुमिहिनको नाममा छानविन भैइरहेको पनि उन्ले वताए ।६० जना मध्ये  कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भुमी आयोगले छानविनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिती वनाएको छ । समितिले पेश गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडी बढाईने भुमी आयोगले जनाएको छ ।

यता आफ्नै  कार्याकालमा नगरभित्र रहेका कसैलाई भुमिहिन हुन नदिने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । अव्यवस्थित वसोवासीको समेत काम तिव्ररुपमा गरेको वताउदै कसैलाई पनि निराश हुने वातावरण सिर्जना हुन नदिने प्रमुख क्षेत्रीको प्रतिबद्धता छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today