
जनकपुरधाम - धनुषा विगत ६ वर्ष देखि अलपत्र जलाद पुल निमाणर्को लागी दवाव मुलक जुलुस प्रदर्शन गरिएको छ।क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ र ९ मिथिला मध्यमा परिक्रमा सडक अन्तर्गत जलाद खोलाको अलपत्र निर्माणधीन पुल यथाशीघ्र निर्माणको माग गर्दै बुधवार धनुषाको महेन्द्रनगरमा स्थानीयले प्रदर्शन गरेका हुन्।
निर्माणधीन पुल स्थलबाट स्थानीय राजनीतिक दल तथा युवाले निकालेको विरोध जुलुस सखुवा महेन्द्रनगरमा जनकपुरधाम ढल्केवर सडक खण्डमा आधा घण्टा चक्काजाम समेत गरेका थिए।पुल निर्माणको लागि दबाब दिन आधा घण्टा सडक अवरुद्ध गरेको नेकपा एकीकृत समाजवादीका नेता शिव शंकर महतोले जानकारी दिए ।

यथासिघ्र पुल निर्माण नभए अगामी दिनमा अझ थप शसक्त आन्दोलन गर्न बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् ।जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती भोग्न बाध्य छन् । डिभिजन सडक कार्यालय जनकपुरबाट निर्माण भईरहेको उक्त पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ ।२० मिटर लम्बाई र ११ मिटर चौडाईको बन्न लागेको पुलको १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माण ठेक्का पाएको थियो ।

सम्झौता बमोजिम १९ पुस २०७६ मा सम्पन्न गर्नुपर्ने पुलको पुनः समयावधि थपेको थियो । त्यसपछि १९ असार २०८० मा सम्पन्न गरिसक्नु पर्ने पुल निर्माण ५३ प्रतिशतमात्र काम गरेर अलपत्र छाडेको छ ।आज दबाब मुलक प्रदर्शन पश्चात स्थानीय प्रदर्शनकारी र सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख अरुण कुमार लाल कणर्को अध्यक्षता बैठक बसी २०८१ जेठ भित्र निर्माण सम्पन्न गर्ने सहमती गरिएको छ।

प्रमुख कणर्को अनुसार पुल निर्माणको सम्बन्धमा स्थानीय संग दश दिनभित्र पुल निर्माण को काम तिब्र पारी २०८१ जेठ भित्र निर्माण सम्पन् गर्ने, उक्त स्थानमा सात दिन भित्र डाइभर्सन तयार गरी यतायात सहज गर्ने, सम्झौता अनुसार कार्य सम्पादन नभए ठेकेदार लाई कालोसुची मा राखी कानुन बमोजिम कारबाही गर्ने र निर्माण सामग्री प्रयोग गुणस्तर तथा नियमन डिभिजन कार्यालय ले गर्ने भनि ४ बुँदे सहमती भएको छ ।