Type Here to Get Search Results !

मिर्चैयामा शैक्षिक क्रान्ति हुन जाँदैछ : मेयर यादव


 

सिरहाको मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैयामा शैक्षिक क्रान्ति हुन गइरहेको बताएका छन् । मिर्चैयास्थित मोहन नमूना माध्यमिक विद्यालयमा सोमबार आयोजित ब्रम्हचारी दामोदरानन्दको १५१औं जन्म जयन्ती कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ब्रम्हचारी दामोदरानन्दको ज्ञानपथलाई अंगाल्दै मिर्चैया नगरपालिकामा शैक्षिक क्रान्तिको सुरुवात हुन गइरहेको उनले बताए । ‘हामीले आन्तरिकसँगै बाह्य काम पनि सुरु गरिसकेका छौं,’ उनले भने, ‘मिर्चैयालाई उत्कृष्ट शैक्षिक हबको रूपमा विकास गर्न हामीले खाका कोरिसकेका छौं, यहाँ शैक्षिक क्रान्तिको आभाष चाँडै हुनेछ ।’

नगरप्रमुख यादवले मुलुकमा थुप्रा क्रान्तिहरू भए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन अब शैक्षिक क्रान्ति आवश्यक रहेको र यसका लागि आफू पछिल्लो समय गम्भीर भएर अघि बढेको बताए । उनले शिक्षा क्षेत्रमा परिवर्तन सरकारको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै उनले यसमा शिक्षक, अभिभावक र बुद्धिजीवी वर्गको पनि इमानदार प्रयास र हस्तक्षेप आवश्यक रहेको औल्याए ।

मिर्चैया नगरपालिकामा अब कोही पनि आर्थिक समस्याकै कारण शिक्षाबाट बञ्चित नरहने र नगरपालिका हरेक खाले शैक्षिक गतिविधिमा सहयोग र हातेमालो गर्न तत्पर रहेको पनि उनले जनाए ।

मिर्चैया नगरपालिकाले थालेको शैक्षिक रुपान्तरणको अभियानमा सबैको साथ, सहयोग, सहकार्य र समन्वयको अपेक्षा उनले राखे ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today