Type Here to Get Search Results !

जनकपुरमा १६ जिल्लाका मिटरब्याजपीडितहरुले गरे विशाल विरोध प्रदर्शन

 


जनकपुरमा ठगी तथा मिटरब्याजी विरुद्ध प्रदर्शन भएको छ । आइतबार किसान मजदुर संघर्ष समितिको अगुवाइमा विभिन्न संगठनले ६ बुँदेमागसहित प्रदर्शन गरेको हो ।

जाली तमसुक खारेज गर्नुपर्ने, मिटरब्याजी पास गराएका जग्गा फिर्ता गर्नुपर्ने, अदालतमा मिटरब्याज पीडितमाथि लगाइएको मुद्दा फिर्ता गर्नु पर्ने, फैसला भएको मुद्दाको कार्यान्वयन स्थगित गर्नुपर्ने, मिटरब्याजी साहुमहाजनबाट भएका हिंसा तथा दुव्र्यबहारका घटनाको छानविन गरी क्षतिपुर्ति तथा कारबाही, शक्तिशाली कानुन निर्माण, पुर्ण अधिकार सहितको आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे संघर्ष समितिको माग छ ।धनुषा, महोत्तरीसहित प्रदेशका ८ जिल्ला र झापा, मोरंग, सुनसरी, रुपन्देही, कपिलबस्तु, नवलपरासी, काठमाडौंसहित १६ वटा जिल्लाबाट हजारैको संख्यामा मिटरब्याज पीडितहरु नाराजुलुस गरेका थिए । जनकपुरधामको तिरहुतिया गाछीबाट हजरौंको संख्यामा निस्केको मिटरब्याज पीडितहरुको प्रदर्शन गर्दै मधेश भवन पुगेका थिए । उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today