Type Here to Get Search Results !

पक्राउ पूर्जी जारी भएकालाई पक्राउ गर्न प्रहरी मौन



 कर्तव्य ज्यान मुद्दामा पक्राउ पूर्जी जारी भएका आरोपिलाई रौतहट प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेका छन् ।

गोली हानेर हत्या गरेको आरोपमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको आदेशबाट इलाका प्रहरी कार्यालय गरुडा जाहेरी दर्ता गरी रौतहट जिल्ला अदालतबाट अनुसन्धान गर्न अनुमति प्राप्त गरेर पनि आरोपिलाई नियन्त्रणमा लिन सकेका छैनन् ।

२०८० जेष्ठ ११ गते बिहान ४ बजे मृत अवस्थामा बाटोमा भेटिएका स्थानीय देवाही गोनाही नगरपालिका वड़ा नम्बर १ का शेख तैयबको छोराले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला सरकारी वकील कार्यालय रौतहटलाई विपक्षी बनाएर दायर गरेको परमादेश निबेदनमा जाहेरी दर्ता गरी सनाखत गराइ कानुन बमोजिम कारबाही गर्नु भनी २०८० भदौ ४ गते आदेश हुँदा पनि आरोपि खुलेयाम प्रहरीसँगै देखिएको पीडि़त शेख असलमले बताएका छन् ।

पहिलाको मुद्दा रिसइबीको कारण बुबाको हत्या गरेको बताउँदै पीडि़त असलमले आरोपिहरु प्रहरीसँगै उठबस गर्दा पनि पक्राउ गरी कारबाही गर्न नसकेको आरोप लगाए । आरोपिलाई प्रहरीले पक्राउ गर्नुको साटो उल्टै संरक्षण गर्ने गरेकोले आफूहरु अन्यायमा परेको बताए । न्यायको लागि प्रहरीलाई गुहार गर्दा पनि केही सुनुवाई नगरेकोले न्यायको लागि सञ्चारकर्मीको सहारा लिएको बताए । आर्थिक बर्ष २०७९/०८० को मुद्दा दर्ता नम्बर १५७ रहेको बताउँदै मृतकका छोरा असलमले आरोपिहरुले पटक–पटक धाकधम्की दिने गरेको बताए ।

पीडि़तले दिएको जाहेरी दरखास्तमा २०८० जेष्ठ १० गते भाउजुमाथि दिएको अपहरण तथा शरीर बन्धक तथा करणी मुद्दामा रौतहट जिल्ला अदालतको आदेशमा १ लाख रुपैयाँ धरौटीमा रिहा भएको कारण बुबाको आरोपिहरु योजना बनाएर हत्या गरेको दावी गरिएको छ । जाहेरी दरखास्तमा देवाही गोनाही नपा १ का परबेज अंजुम , शेख खलीलको छोरा शेख तवारक , औतार राउतको छोरा बिष्णु प्रसाद पटेल , शेख बलजाहिरको छोरा मजहर आलम भन्ने मोगले आलम , शेख वाहिद भन्ने फूलबाबू , शेख बिगन गरी ७ जनाको नाम उल्लेख गरिएको छ । प्रहरीले खुलेयाम घुमिरहेका आरोपिलाई तत्काल पक्राउ गरी नियन्त्रण लिएर कानुनी कारवाही नगरे रौतहट प्रहरीको विरुद्ध आन्दोलन गर्ने चेतवानी समेत दिएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today