Type Here to Get Search Results !

भरतपुरमा बोराभित्र फेला परेको शव श्रीमान् श्रीमतीको

 


गत मंसिर ६ गते भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा फेला परेका दुई मृतकको पहिचान खुलेको छ ।

घटनाको ४६ दिन पछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको स्रोतले जानकारी दिएको छ । घर भारत भई भरतपुरमा व्यापार गरि बस्ने उनीहरु नाताले श्रीमान् श्रीमती रहेको स्रोतले बताएको छ । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा एक पुरुष र महिलाको शव फेला परेको थियो । सिआइवी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो ।

२ पटक सम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today