Type Here to Get Search Results !

०३२ सालदेखि लागुऔषध तस्करीमा संलग्न छपाली सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

 


विशेष अदालतले लागुऔषधको कारोबारमा संलग्न देवेन्द्रविक्रम रोका छपालीलाई सम्पत्ति शुद्धीकरणमा दोषी  ठहर गरेको छ।

सोमबार विशेष अदालतले उनीमाथि कसुर कायम गर्दै २३ पुसका लागि सजाय निर्धारणको पेसी तोकेको छ। विशेषका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो।छपालीसमेत चन्द्रा रोका, गोविन्दकुमार रोका छन्त्याल, नागेन्द्र थापामगर, मनजित घर्तीमगर, इन्द्रबहादुर थिङ र जम्बाभोटे पनि प्रतिवादी रहेकोमा सजायका विषयमा एक सातापछि निर्णय आउने भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८ असोज ०७७ मा उनीहरूमाथि मुद्दा चलाएकोमा यस्तो फैसला आएको हो। काठमाडौंको सीतापाइलाका छपालीले लागुऔषधबाट एक करोड रुपैयाँभन्दा बढी आर्जन गरेको अभियोग लगाइएको थियो।छपाली ०३२ सालदेखि नै लागुऔषध कारोबारमा संलग्न रहेको भेटिएको थियो। उनी यसै कसुरमा तीनपटक पक्राउ परिसकेका छन् भने सजाय पनि भोगिसकेका व्यक्ति हुन्। ०३८, ०४२ र ०६९ सालमा उनी लागुऔषध मुद्दामै पक्राउ परेका थिए।

लागुऔषध कारोबारबाटै उनले सम्पत्ति जोडेको विभागको दाबी छ। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today