महोत्तरीको गौशाला नगरपालिका – ४ मा विरता स्पोर्टस क्लव गौशालाद्वारा आयोजित स्व. रामलखनको १२औं संस्करण प्रदेश स्तरीय फुटबल टुर्नामेन्ट प्रतियोगितामा सुर्यदिप युवा क्लव, सर्लाहीको ऐतिहासिक जीत भएको छ ।
फुटबल टुर्नामेन्ट प्रतियोगितामा रामजानकी बोर्डिङ्ग स्कुलका वालबालिका तथा खेलाडीहरुले चौरको चारैतिर परिक्रमा गरी राष्ट्रगानामा सहभागी भएका थिए । आज भएको फुटबल टुनामेन्टको पहिलो दिन सुर्यदिप युवा क्लव,खयरा(सर्लाही) र जन चेतना युवा क्लव,च.पुर (रौतहट) बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुर्यदिप यूवा क्लव सर्लाहीले २–० ले जन चेतना यूवा क्लब रौतहटलाई पराजित बनाएको हो ।
उक्त खेलमा प्रतियोगिता शुरु भएको २५ मीनेटमा जर्सी नं. १४ का रामकुमार चौधरीले पहिलो गोल लगाएका थिए भने हाफटाईम पछि पुनः रामकुमार चौधरीले एक गोल हानी २–० ले विजयी भएको छ ।
सो खेलको प्रमुख अतिथि मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरीता साह र विशिष्ट अतिथि गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले दिपप्रज्वलन गरी, खेलाडीहरुसंग परिचयपात्र गरी मनोबल बढाएका थिए । मन्त्री साहले मार्चपास गरी खेल संचालनमा ल्याउनु भएको थियो ।
साहले स्व. रामलखन चौधरीलाई हामीले वहाँले गरेका काम र गुणहरुलाई याद गर्नुपर्ने बताईन ।
केहि दिन पहिला खेलकुद मन्त्रालाय स्थापना गरी मधेश प्रदेश सरकारले यस मधेश प्रदेशलाई कसरी खेलकुदको हव बनाउन सकिन्छ त्यस विषयमा प्रदेश सरकार लागी परेको बताईन । गौशाला नगरपालिकाले पटक पटक फुटबल र क्रिकेट प्रतियोगिता गराई रहेने भएकोले यहाँ भएका मिहिनेती खेलाडीहरुलाई हामीले प्रोत्साहन गरी अगाडी बढाउने सक्यो भने अन्तराष्ट्रिय जगतमा नै मधेश प्रदेश नाम हुने बताईन ।
नगरप्रमुख डा.महतोले स्व. रामलखन चौधरी जस्ता नेता हामी कमै पाउने गरेका छौं । स्व. राम लखन चौधरीको काम र गुणहरुलाई ईतिहासको पानामा लेख्न सकिन्थ्यो तर गौशाला नगरपालिकाका राम्रा राम्रा नेताहरुलाई कुनै न कुनै तरिकााले समाप्त पार्ने खेल बर्षैदेखि चलिआएको बताए । खेल नगरको लागी मात्र नभई देशको लागी भएको हुनाले अनुशासनको महत्वपूर्ण अहम भूमिका भएकोेले अनुशासनमा बसी फुटबल प्रतियोगिता खेल्न खेलाडीहरुलाई आग्रह गरेका थिए । युवाहरु फुटबल खेलमा जागरुक्ता हुनु समाज र राष्ट्रको लागी नै राम्रो भएको बताए । यस नगरबाट एक कराते खेलाडी युवकले देशको सेवा गर्न आर्मीमा छनौट भएको जिकिर समेत राखेका थिए । गौशाला नगरपाकिलाले आउदो वर्षमा क्रिकेट एकडमी र फुटबल खेलाडीहरुको लागी विशेष प्याकेज सहित प्रोत्साहन गर्ने योजना रहेको बताए । अहिले युवाहरु कुलतमा परी विभिन्न किसिमका गलत क्रियाकलापको शिकार बन्दै आएकोमा सबै यूवाहरुलाई खेल प्रति जागरुकता बढाई नगरपालिकाको साथ साथै देश बनाउनमा अगाडी बढ्नमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला खेलकुदका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, शसस्त्रबलका प्रतिनिधि,गौशाला न.पा. वडा नं. २ का वडाअध्यक्ष श्यामसुन्दर महतो, वडा नं. ४ का वडा सदस्य वीर बहादुर महतो, श्याम बछार, जसपाका नगरअध्यक्ष कुमरकान्त झा, जनमतका जीवन त्यागी, विन्देश्वर साह, उमेश कुशवाहा लगायत राजनितिककर्मी, जननिर्वाचित सदस्यहरु, पत्रकार, भरभलादमी, समाजसेवी, बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।
नगरपालिकाको साथ साथै देश बनाउनमा अगाडी बढ्नमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला खेलकुदका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, शसस्त्रबलका प्रतिनिधि,गौशाला न.पा. वडा नं. २ का वडाअध्यक्ष श्यामसुन्दर महतो, वडा नं. ४ का वडा सदस्य वीर बहादुर महतो, श्याम बछार, जसपाका नगरअध्यक्ष कुमरकान्त झा, जनमतका जीवन त्यागी, विन्देश्वर साह, उमेश कुशवाहा लगायत राजनितिककर्मी, जननिर्वाचित सदस्यहरु, पत्रकार, भरभलादमी, समाजसेवी, बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।

