Type Here to Get Search Results !

जनकपुर राराब क्याम्पसको पुरानो प्रतिष्ठा बनाउँदैछौँ, परिवर्तन सुरु भईसक्योः सभापति यादव

 जनकपुर राराब क्याम्पसका स्वीयू सभापति मनिष यादवले राराबको पुरानै पहिचान बनाउन लागेको बताएका छन् । 

नयाँ प्रशासनीक भवनको उदघाटन गर्न जनकपुर राराब क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेशल दाहालसँगको कुराकानीमा सभापति यादवले राराबको पुरानो ईज्जत बनाउन सोही मापदण्डमा कार्य गरिरहेको जनाउँदै कर्मचारी परिपूर्तिको लागि आवश्यक पहल गरिदिन पहल गरेको बताए । राराब क्याम्पसमा सबभन्दा पहिले छात्रावास (होस्टेल) व्यवस्थापनलाई प्राथमिकता दिएर कार्य प्रक्रिया अगाडी बढाईदिन सभापति यादवले दाहाललाई आग्रह गरे । उनले होस्टेल चलेको बेला राराबको अध्ययन अध्ययापन र यहाँका विद्यार्थीहरुको प्रतिष्ठानको बेग्लै मापदण्ड भएको विगतलाई वर्तमान बनाउन मदत गर्न आग्रह गरे । 


उनले राराब कलेजमै अन्य कोर्स थप्नुपर्ने माग राखे । सोही क्रममा उनले राराबको विगत केही बर्षको अवस्था र वर्तमान अवस्थामा आकाश पातालको फरक भएको औल्याए । उनले राराबको दुर्गतिलाई मिशनको रुपमा लिएर एक एक बुँदा रुपमा सुधारका कार्यक्रमहरु जारी राखिएको बताए । 

न्यूज ब्यूरोसँगको कुराकानीमा सभापति यादवले आफू निर्वाचित भए लगत्तै राराबलाई सफा, सुन्दर र हरियाली बनाउने मिशनलाई लगभग मूर्तरुप दिएको बताए । उनले राराब कलेजको केही बर्षयताको दुर्गतिलाई प्रगतितर्फ ल्याउने प्रयास जारी रहेको बताए । 

राराब कलेजको शौँचालय, लाईब्रेरी, ग्राउण्ड, कक्षाकोठा व्यवस्थापन, पार्क व्यवस्थापनको बेग्लै रुप परिर्वतन भएको तथा सबैलाई हेर्न आउन आग्रह गरे । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today