Type Here to Get Search Results !

एनसेलको सेयर खरिद बिक्रि प्रकरणमा दोषीलाई कारवाही गर्न जसपाको माग



 जनता समाजवादी पार्टी (जसपा)ले एनसेलको सेयर खरिद बिक्रि प्रकरणको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले एनसेलको सेयर खरिद बिक्रि प्रकरण मुलुकको हित बिपरित भएको भन्दै खरिद बिक्रि प्रकरणको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

बैठकले पार्टी बिधान बिपरित काम नगर्न निर्देशन दिएको छ भने पुषको २५ र २६ गते राजनीतिक समिति तथा २७ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता सुमनले बताउनुभयो । त्यस्तै बैठकले सदनमा दर्ता भएको चुरे उत्खनन सम्बन्धी विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकमा तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा भएको नेताहरुले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today