मधेश प्रदेशको बारा जिल्लास्थित रहेको जीतपुर सिमरा उपमहानगरपालिकाको एक वडाध्यक्ष घुससहित रँगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटेको टोलीले जीतपुर सिमरा उमपहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष तारा कार्की ५ लाख रुपैयाँ घुससहित रँगेहात पक्राउ परेका हुन् । सेवाग्राहीलाई वडाबाट सिफारिस गरिदिने वापत उनले ५ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले कार्कीमाथि निगरानी थालेका थिए ।
वडा कार्यालयबाट हुने एक सिफारिस वापत नै कार्कीले ५ लाख रुपैयाँ घुस मागेको सेवाग्राहीलाई उदृत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौत्तमले जानकारी दिए ।
उनका अनुसार, गोप्य सूचनाको आधारमा टोली पठाएर एक होटेलमा सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको बताए ।
यता, वडाध्यक्ष कार्कीले भने आफू मन्दिर बनाउनको लागि चन्दा स्वरुप ५ लाख रुपैयाँ लिएको बताएका छन् ।