Type Here to Get Search Results !

२६० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

 


हुम्लाको खार्पुनाथ गाउँपालिका– १ मा रहेको दुई वटा विद्यालयका २६० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

युवा व्यवसायी एवं राजनीतिकर्मी खेम खड्काले भानुभक्त आधारभूत विद्यालय गोप्काका २ सय र मोतिराम आधारभूत विद्यालय देउखुरीका ६० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।व्यक्तिगत खर्चमा २६० विद्यार्थीलाई कापी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्रीसहित विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको खड्काले बताए।

खड्काको सहयोगले २ सय जना विद्यार्थीलाई राहत मिलेको भानुभक्त आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्ण बुढाले बताए।जिल्ला बाहिर रहेर व्यवसाय गरे पनि गाउँघरप्रति माया देखाएको भन्दै खार्पुनाथ गाउँपालिका– १ का वडाध्यक्ष जयबहादुर शाहीले खड्काको प्रशंसा गरे।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today