Type Here to Get Search Results !

अमेरिकाको फ्रिडम केयरद्वारा वृद्धवृद्धालाई सहयोग प्रदान

 


अमेरिकाको फ्रिडम सिनियर सर्भिसेस फाउण्डेशन तथा फ्रिडम होम एण्ड डे केयरले नेपालमा वृद्धवृद्धालाई मेडिकल बेड, औषधिसहित लत्ताकपडा र खानेकुरा प्रदान गरेको छ।

काठमाडौंको शान्तिनगरस्थित निःसहाय सेवा सदनमा रहेका ४० जना बृद्धबृद्धालाई फ्रिडमले विभिन्न सामग्री सहयोग गरेको हो।अमेरिकाको केन्टुकी राज्यमा कार्यालय रहेको फ्रिडमका निर्देशक टीका अधिकारी र श्रीमती गंगा सुबेदीका तर्फबाट पठाइएको विभिन्न सामग्री निसहाय सेवा सदनका अध्यक्ष करुणा गोविन्द श्रेष्ठले बुझेका छन्। बृद्धबृद्धाको आवश्यकताका आधारमा फ्रिडमका तर्फबाट स्वास्थ्य सामग्री, औषधी, लत्ताकपडा र खानेकुरा सामग्रीहरु खरिद गरेर हस्तान्तरण गरिएको हो।

एउटा आधुनिक मेडिकल बेड, बृद्धबृद्धाहरुका लागि चिकित्सकले सिफारिश गरेका करिब ६० प्रकारका औषधी, जाडोको कपडा तथा खाद्यान्न बितरण भएको हो। फाउण्डेशनले फ्रिडमका निर्देशक अधिकारीलाई  चिठी लेखेर सहयोगका लागि धन्यवाद दिएको छ।२०४८ मा स्थापना भएको सेवा सदनले ज्येष्ठ नागरिकका लागि आवास गृह, धार्मिक र अध्यात्मिक कार्यका लागि लक्ष्मीनारायण मन्दिर तथा असहाय बालबालिकाका लागि छात्रबृत्ति कोष सञ्चालन गर्दै आएको छ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today