Type Here to Get Search Results !

ब्राउनसुगरसहित पोखराबाट तीनजना पक्राउ

 


लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको जनाएको छ। 

वडा प्रहरी कार्यालय पोखरा- ६ बैदामबाट खटिएको प्रहरी टोलीले तीन ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।पक्राउ पर्नेमा जिल्ला झापा धुलाबारी नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३० का सबिन अली, जिल्ला संखुवासभा खाँदबारी नगरपालिका- १ बस्ने वर्ष १९ का सन्दीप अधिकारी र जिल्ला धादिङ रोराङ गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २५ का सबिन घले छन्।

पोखरा- ९ पृथ्वीचोकस्थितमा एक होटेलमा लागुऔषध बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका अधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले होटेलमा खानतलासी लिने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध बिहीबार कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today