Type Here to Get Search Results !

स्रोत नखुलेको १९ लाख ५० हजार सहित एक जना पक्राउ

 


स्रोत नखुलेको १९ लाख पचास हजार रुपैयाँ नगद सहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको अवस्थामा सुनसरीको देवानगन्ज गाउँपालिका-५ का ४९ वर्षीय सुरेसप्रसाद साह विराटनगर महानगरपालिका-६ केशलियामार्गबाट पक्राउ परेका हुन् । 

प्रहरीले साह सवार को ७प५ २२१ नम्बरको मोटरसाइकल र एक थान मोवाईल सेट पनि नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।उनका अनुसार बरामद रकम सहित साहलाई आवश्यक अनुसन्धानका लागि आज राजस्व अनुसन्धान कार्यालय ईटहरीमा पठाउने तयारी भैरहेको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today