Type Here to Get Search Results !

काठमाण्डाै महानगरले सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने

 unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर काठमाण्डाै महानगरले दाेभासे राख्न लागेकाे हाे। 

'नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,'काठमाण्डाै महानगरपालिका सामाजिक समिति संयोजक रामकुमार केसीले भन्नुभयो ।

उहाँका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरकाे सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस्ताे किसिमको व्यवस्था गर्न लागिएको हो ।  

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today