Type Here to Get Search Results !

आज सीताको मटकोर गर्न कमला नदी आउँदै जानकीजीको डोला, हिन्दु सम्राट सेनाको भव्य रैली


पवित्र कमला नदीमा आज जानकीको मटकोरको लागि रथसहित साधुसन्तको यात्रा आउने भएको छ । 

जनकपुरको पुलचोक, पौडेश्वर, बालगँगा, बासुदेवपट्टिी, यदुकूहा, धबौली, डुमरिया हुँदै कमला नदीको मडान घाटमा रामजानकी मटकोर कार्यक्रम हुने भएको छ । जानकीको मटकोर महोत्सवको लागि जनकपुरधाम–शहिदपथ सडकको विभिन्न गाउँमा गेट पण्डाल बनाएर स्वागत गर्ने तयारी गरिएको छ भने सडक सफाई बिहानैदेखि चलिरहेको छ । 

जानकीको मटकोरको लागि जनकपुरधामको सुन्दर सदन अग्नीकुण्ड मन्दिरबाट जानकीजीको डोला लिएर साधुसन्तहरुले कमलाबाट माटो लिएर जाने कार्यक्रम रहेको छ । 

कमला नदी आउने सो दर्शनार्थीहरुलाई स्वागत सत्कारको लागि विभिन्न स्थानमा शिविरहरु समेत सँचालन गरिएको छ । गाउँमा श्रद्धालुहरुले सीताजीको स्वागत एवम् चरण स्पर्सको लागि आतुर रहेको छ । 

जनकपुरधाम र कमला नदीको बीचमा विभिन्न स्थानमा भव्य स्वागतको तयारी गरिएको छ । कमला बचाउ अभियानको समन्वयमा हुने भव्य मटकोर कार्यक्रमको लागि धनुषाको विभिन्न गाउँसहित सिरहाबाट समेत भारी सँख्यामा श्रद्धालुहरु मडानघाट आउने भएको छ । 

कमला नगरपालिका वडा नं. ६ मडानघाटस्थित गाउँलेहरुले भव्य तयारी गरेको हो । विशाल मँचमा साँस्कृति, मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरिएको कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले जनाए । 

जानकीको चरण गाउँमा पर्ने भएपछि ग्रामवासीहरुमा उत्साह छाएको छ । सोही क्रममा हिन्दु सम्राट सेनाले भव्य रैलीको आयोजना गरेको छ । मोटरसाईकल रैलीमा सेनाले रामजानकी रथलाई स्कटिँग गर्ने कार्यक्रम रहेको छ । 

कमला नदीमा श्रद्धालुहरुको लागि निःशुल्क भोजनको समेत व्यवस्था गरिएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today