Type Here to Get Search Results !

जनकपुरधाममा ११ वर्षीय बालकको हत्या


 

जनकपुरधाममा मामा घरमा बस्दै आएका एक बालकको हत्या भएको छ।

जनकपुरधाम उपमहानगरपालिका १२ हनुमाननगरमा मामाको घरमा बस्दै आएका अन्दाजी १०÷११ वर्षीय बच्चा आदित्य ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ।

Sponsored

शुक्रबार साँझ घरबाट निस्केका बालक नआएपछि उनका परिवारले बेलुका ८ बजेतिर
प्रहरीलाई खबर गरेको थिए।

खोजतलास गर्ने क्रममा हनुमाननगरमै बालक घाइते अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

घाइते बालकलाई उपचारको लागि प्रादेशिक अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

डिएसपी अवाका अनुसार बालक फेला पर्दा उनको अनुहारमा चोटपटक लागेको थियो भने कानबाट रगत बगेको थियो।

प्रहरीले अनुसन्धानकै क्रममा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डिएसपी अवाले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today