Type Here to Get Search Results !

आईपीएलकै महँगा खेलाडी बने मिचेल स्टार्क: कोलकाताले २४ करोड ७५ लाख भारुमा किन्यो


 अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा बिक्री भएका छन्। उनलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा खरिद गरेको छ। यो झन्डै ४० करोड नेपाली रुपैयाँ (३९ करोड ४६ लाख ९४ हजार) हो। 

यो आईपीएल कुनै पनि खेलाडीले पाएको सर्वाधिक मूल्य पनि हो। यसअघि एक घण्टाअघि मात्रै सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु (झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको थियो। 

जुन आईपीएल इतिहासकै सर्वाधिक मूल्य थियो। कमिन्सअघि गतवर्ष पन्जाब किंग्सले स्याम करणलाई १८ करोड ५० लाख भारुमा किनेको थियो। स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन्।स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए। सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो। ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो। त्यसपछि कोलकाताले मूल्य लगाएको थियो। त्यसपछि गुजरात पनि थएिको थियो। ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए।

त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो। त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो। २४ करोड ५० लाख सम्म गुजरातले मूल्य लगाएको थियो। तर त्यसपछि गुजरात पछि हटेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today