Type Here to Get Search Results !

बारामा यातायात व्यवस्था कार्यालय मन्त्री सिंहले गरे उद्घाटन

 बारामा यातायात ब्यवस्था कार्यालयको उदघाटन भएको छ । जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा कार्यालयको उद्घाटन भएको हो ।

मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले आज एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्ष को लागि बनाउन कानुन बनाउने जानकारी दिनु भयो । उनले ब्लु बुक पनि सधैको लागि एकै पटक रिनिवल हुने नेपालमा ब्यवस्था गर्नमा लागेको बताए। उद्घाटन कार्यक्रममा बोल्दै उनले हुलाकी राजमार्गमा मधेस परिवहन गाडी चलाउने त्यो ईलेक्ट्रीक गाडी चलाउने मन्त्रीले बताएका छन् ।

मधेसको लाईफ लाईन हुलाकी राजमार्ग को लागि छिटै मधेस परिवहन विधेयक लग्ने मन्त्री सिंहले बताएका छन । यातायात ब्यवस्था कार्यालयको सबै कार्य अनलाइन गरिने मन्त्री सिंहले जनाए ।

यसभन्दा अगाडि सर्लाहीको मलंगवामा समेत यातायात व्यवस्था कार्यलय संचालनमा ल्याएको मन्त्री सिंहले भने।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today