Type Here to Get Search Results !

प्रधान्द्यापकमा रामनाथ यादव आएपछि बैरगनिया मावि सुधारतर्फ

 


सामुदायिक विद्यालयहरुको अवस्था जरजर तथा दयनीय भएको अवस्थामा रौतहट जिल्लाकाे पश्चिमी भेग अवस्थित फतुववा विजयपुर नगरपालिका वडा नं १ बैरगनियाको एक विद्यालय सुधारोन्मुख भएको छ । 


माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा रामनाथ यादव आएपछि विद्यालयको गतिविधिमा सुधार भएको हो । नेपाल सरकारले शिक्षामा अर्बोै बजेट लगानी गरेपनि सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै गएको अवस्थामा बैरगनिया माविमा नयाँ नीति नियमका साथ अध्ययन अध्ययापन सुरु गरिएको हो । यसअघि विद्यालयमा कति पय प्रधानाध्यापकहरु आए त पनी  विद्यालयको अवस्था डगमडोल भएको थियो । आन्तरिक कारणले  विद्यालयमा कम समय दिएको कारण अध्ययन अध्यापनको प्रणाली अस्तव्यस्त भएको थियो । 

प्रधानाध्यापमा   रामनाथ यादव करिब एक बर्ष यता आएदेखि  विद्यालयमा नयाँ नीति लगाएर विद्यायमा अध्ययन अध्ययापन सुरु गरिएको विद्यालयका लेखापाल पप्पु यादवले जानकारी दिए । यादवका अनुसार अहिले विद्यालयमा समयमा विद्यार्थीहरु विद्यालय कम्पाउण्डभित्र छिरेपछि मात्र  टिपिनको समयमा मुख्यद्धारको ताला खुलाउने भएकोले विद्यार्थीहरु भाग्ने क्रियाकलाप पूर्णत बन्द भएको हो । साथै यस विद्यालयमा दिवा खाजा समयमै सञ्चाल हुँदा विधार्थीको संख्यामा बढोत्तरी भएको छ, करिब यो सामुदायिक विद्यालयमा विधार्थीहरुको संख्या ४०० सय र सिक्षक सिक्षिका दुवै मिलाएर ११ जना रहेकाे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अवदेश यादवले वताएका हुन्।


समयमा शिक्षक नआउँदा पनि अस्तव्यस्त रहेको मावि बैरगनियामा अहिले प्र अ रामनाथ यादव आएदेखि सँचालन प्रणालीमा सुधार आएको बताइएको छ । विद्यालय सँचालन प्रणालीमा सुधार आएपछि विद्यालयका शिक्षक शिक्षिका सहित विद्यार्थीहरु समेत विद्यालयको तोकिएको समयमै आउनुपर्ने बाध्यता भएको छ जसले गर्दा विद्यालयमा अध्ययन अध्ययापन समेत सौहार्दपूर्ण तरिकाले भईरहेको हो । प्रअ यादव आएपछि विद्यार्थीका अभिभावकहरु समेत सन्तुष्टता जनाएको र विद्यार्थीहरु समेत सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।  तर यस विद्यालयमा विधार्थीहरुका लागि बेन्च डेस्क, शुद्ध खानेपानी लगायतका समस्याहरू रहेकाे प्र.अ यादवले वताएका हुन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today