Type Here to Get Search Results !

बारामा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यू, एक गम्भिर !

 


बारामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जनालाई गोली लागेर मृत्यू भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । 

बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारीहरूले गरेको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको हो । बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।प्रहरीले चलाएको गोली लागेर सिमरौनगढ नगरपालिका वडा नं. १ बस्ने लक्ष्मी मुखिया बिनको मृत्यू भएको हो । सोही घटनामा एक जना गम्भिर घाईते भएका छन् । उनको नाम भने खुलेको छैनन् । 

नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकामा अहिले पनि अवस्था तनाव ग्रस्त रहेको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।

आन्दोलनकारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् ।

सो नगरपालिकामा कानुनी रूपमा नगर सभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् ।

प्रहरीको गोली लागेर बिनको मुत्यू भएको खवरलाई सिम्रोनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले पुष्टि गरे । उनले आफू अहिले थुनामुक्त भएको र खवर सत्य रहेको बताए । 

झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको सुरेश काफ्लेले जानकारी दिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today