Type Here to Get Search Results !

विवाहपँचमीमा सिसिटिभी र ड्रोन क्यामेराले निगरानी, सिभिल ड्रेसमा खटिनेछ प्रहरीः एसपी शर्मा


 धनुषाका प्रहरी प्रमुख (एसपी) मित्रबन्धु शर्माले यसपाली विवाहपँचमीमा सिसिटिभी र ड्रोन क्यामेराबाट निगरानी गर्ने बताएका छन् ।

विगतको दिनलाई समिक्षा गर्दै अभद्र व्यवहार, दुरव्यवहार, चोरीचकारी, पाकेटमारी जस्ता घटनाहरु अधिक हुने गरेको अवस्थालाई मध्यनजर गर्दै सादा पोसाकमा अधिक प्रहरी परिचालन हुने बताए । उनले महिला र पुरुषमा सादा पोशाकको प्रहरी ठाउँ ठाउँमा परिचालन हुने बताए । प्रत्येक बर्ष विवाहपँचमीमा पाकेटमार, गहना चोरीको घटनाहरु अधिक भएको तथ्याँकलाई मध्यनजर गर्दै त्यस्ता घटना न्यूनिकरणको लागि जानकी मन्दिरदेखि बाह्रविघा मैदानसम्म दुरुस्त सिसिटिभी, बाह्रविघा मैदानमा ड्रोन निगरानी, जानकी मन्दिर प्राँगनमा समेत क्यामेरा र ड्रोनको निगरानी बढाउने बताए । 

उनले पाकेटमारी, चोरी, लुटपाटको घटनालाई न्यून गर्नको लागि अन्य बर्षभन्दा यसपाली भारी सँख्यामा सादा पोशाक, प्रहरीको ड्रेसमै समेत प्रहरी खटाउने बताए । नेपाल प्रहरीको तर्फबाट शिवचोक, गँगासागर, जनकचोक, जानकी चोक, रामचोक, जानकी मन्दिर, सोनारपट्टी गल्ली, महावीरचोक, रामानन्दचोक, अस्पताल क्षेत्र, यात्री निवास क्षेत्र, बाह्रविघा, सँकटमोचन एरिया, सरस्वति स्कूल, देवीचोक लगायतमा ठाउँ ठाउँमा सादा पोशाकको प्रहरी परिचालन हुने छ । 

कुनै त्यस्ता गतिविधि देखिएको खण्डमा तुरुन्त पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउने बताए । उनले मेलामा बाहिरबाट समेत श्रद्धालुहरु भारी सँख्यामा आउने भएकोले ठाउँ ठाउँमा प्रहरी हेल्प डेस्क, सम्पर्क नम्बरको प्लेकार्ड, सम्पर्कको बोर्ड लगाउने तयारी भएको बताए । 

उनले प्रहरीले जानकी मन्दिर वरपर बाह्रविघादेखि पूर्ण सफाई गरी विवाहपँचमीमा न्यून गुनासोको प्रयास गर्ने बताए । एसपी शर्माले जानकी मन्दिरमा अश्लिल हर्कत गर्ने, भिडियो बनाउने उपर समेत निगरानी गरिने बताए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today