थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो काेइरीले सफाइ पाएका छन्।
काेइरीसँगै सफाइ पाउनेमा पवन कापर छन्। सोही हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई भने जन्मकैदको फैसला भएको छ। उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो। शर्मासहित प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैद फैसला भएकाे छ।

