Type Here to Get Search Results !

हत्यामा संलग्न एक महिला पक्राउ

 अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौंबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अछामकै पञ्चदेवल बिनायक नगरपालिका–८ घर भएकी ३० वर्षीय लक्ष्मी सुनार छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो ।

कात्तिक १७ गते पञ्चदेवल बिनायक–८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या भएको थियो। उक्त हत्यामा संलग्न रही फरार भएको आरोप लागेकी सुनारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today