Type Here to Get Search Results !

मुगु सामूहिक हत्यामा संलग्नलाई आज सार्वजनिक गरिँदै


 मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।

सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनी मृतकका नातेदार समेत हुन्।

मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जानकारी दिए ।दिउँसो कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकाल पुगेपछि अभियुक्त र घटनाको विषयमा प्रहरीले गरेको अनुसन्धानबाट खुल्न आएका तथ्यहरू सार्वजनिक गरिने डिएसपी थापाले जानकारी दिए ।

घटनामा गोरखबहादुरसँगै अन्य एकजना पनि संलग्न रहेको प्रहरीको अनुमान छ । यी सबै विषय दिउँसो २ बजेपछि हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइने डिएसपी थापाले जानकारी दिए ।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सेतोपाटी ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today