Type Here to Get Search Results !

भूकम्पमा परेर नलगाड नगर उपप्रमुख सिंहको निधन

 


जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको भूकम्पमा परी निधन भएको छ । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी उपप्रमुख सिंहको निधन भएको हो । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष रोकाले जानकारी दिनुभयो ।

‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो डिएसपी रोकाले बताउनुभयो । सिंह नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today