Type Here to Get Search Results !

औरहीका एकसाथ बेपत्ता भएका पाँच जना किशोरीलाई अभिभावकको जिम्मा लगाइयो

 

औरही(महोत्तरी)- महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच जना किशोरीलाई अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ।

महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए । वेपता भएका पाँच जना किशोरी धनुषाको ढल्केवरमा फेला परेका थिए । उनीहरु विहिवार विहान १० बजेतिर धनुषाको मिथिला नगरपालिका– ६ ढल्केवरमा फेला परेकोका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि परिवारजनले जानकारी गराएको थियो ।

सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलासको क्रममा ढल्केवरमा फेला परेको पछि उनिहरुलाई इलाका प्रहरी कार्यालय गौशला महोत्तरीलाई जिम्मा लगाइएको थियो । किशोरीहरु घर बाट अर्केस्ट्रामा काम गर्छु भनेर घरमा नभनि सिरहाको मिर्चैया पुगेका थिए । उनिहरुले घरको मोबाइलमा टिकटक हेर्दै अर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिई फोन गरेर घरबाट ढल्केबर पुगेर अर्केस्ट्राका ब्यक्ती ढल्केवरबाट उनिहरुलाई सिरहाको मिर्चैया पुर्याएका थिए ।

तर त्यहाँ पुगे पछि किशोरीहरु बुबा आमाको माया र याद आए काम नगर्ने भनेपछि पुन: उनिहरुलाई सिरहाबाट घर फिर्ता पठाई दिएका थिए सोहि बेला ढल्केबरमा विहिवार बिहान् १० बजे ढल्केवर पुग्दा धनुषाको ढल्केवर प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो । गौशलाका प्रहरी निरिक्षक मनोज यादव लगायत अधिकारकर्मी तथा संचारकर्मीहरुले किशोरीहरुलाई काउन्सिलिङ गरि अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ ।

ईलाका प्रहरी कार्यालय गौशलाले किशोरीहरुलाई घर परिवार र औरही नगरपालिकाका मेयर प्रदीप खड्कालाई जिम्मा लगाएर पठाएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today