महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बजारमा रहेको दुर्गा मन्दिरबाट मुर्तिलाई लगाईएको गहना चोरी भएको हो ।
केहि दिन अगाडी दशैँमा भारतको राजस्थानबाट करिब १० लाख भारु बराबरको दुर्गा माताको मुर्ति मन्दिरमा स्थापना गरिएको थियो । सो मुर्तिमा करिब १४ आना बराबरको सुनको नथिया र टिका लगाइएको थियो । छठ पर्वको अन्तिम दिन भोरुकवा दिनमा विहानको समयमा चोरी भएको मन्दिरका पुजारी काशीकान्त झाले बताए ।
मन्दिरमा लागेको सिसिटिभी क्यामेराबाट चोर पत्ता लागेको तर परिचय नखुलेको र चोरको खोजविन भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

