Type Here to Get Search Results !

घाँस काटन गएकी महिला मृत भेटिइन्


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ स्थित मध्यवर्ती सामुदायिक वनमा एक महिला मृत भेटिएकी छिन् । स्थानीय ६० वर्षीया नारुदेवी जोशी सोमबार बिहान मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीका अनुसार जोशी आइतबार घाँस काटन भनेर सामुदायिक वनमा गएकी थिइन् । साँझसम्म घर नआएपछि आफन्तले प्रहरीमा जानकारी गराएका थिए ।

खोजतलास गर्दा सोमबार बिहान शव भेटिएको उनले बताए । शव भेटिएको स्थान घरबाट ७/८ सय मिटर टाढा छ । मृतकको घाँटीमा डाम भएका कारण हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today