Type Here to Get Search Results !

काठमाडौंमा भूकम्पको धक्का

 काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धम्का महसुस गरिएको हो।

पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक आसपासमा पनि धक्का महसुस गरिएको छ।

यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today