Type Here to Get Search Results !

इजरायलमा मारिएका ४ विद्यार्थीको शव अहिले बिहान काठमाडौँ ल्याइ पुर्याइँदै

 इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ।


शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today