हिन्दुहरूको आस्थाको केन्द्र महादेव र काली माताको मन्दिरमा रहेको असथानमा बसोबास गर्दै आइरहेका महन्तले अनियमितता गरेको भन्दै स्थानीय युवाहरूले ताला लगाएको छ।
यो घटना मधेश प्रदेशको राजधानी जनकपुरधाम भन्दा पूर्व तर्फ अवस्थित धनौजी गाउँपालिका हो। ऐजन गाउँपालिकाको वडा नं २ स्थित महादेव मन्थ रहेको असथानमा वर्षौ देखि बसो बास गर्दै आइरहेका महन्त परशुराम गिरी गत एक वर्ष देखि असथानको हर हिसाब सार्वजनिक नगरेको र पैसा अनियमितता गरेको भन्दै स्थानीय युवाहरूले उनको कार्यकक्षमा तालाबन्दी गरेको छ।
अहिले स्थानीहरू उनको कार्यकक्षमा तालचा लगाएपछि महन्त गिरी फरार भएका छन्।
महन्त गिरी विगत एक वर्ष देखि हर हिसाब सार्वजनिक गर्न आनाकानी गर्दै आइरहेको एक स्थानीयले बताए। महन्तले असथानको सर सफाइ समेत नगरेको स्थानीयले आरोप लगाएको छ।
यता, आन्दोलन रत रहेका युवाहरूले यहाँ महन्त गिरी आएर हर-हिसाब सार्वजनिक र अस्थानको सरसफाइ गर्ने प्रतिबद्धता गरे मात्र ताला खोल्ने उनीहरू अडान लिएका छन्।

