Type Here to Get Search Results !

केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

 भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् ।

काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो लगाइदिए ।केटीहरुले चुरोट पिएको आफूलाई मन नपर्ने हुनाले क्याफेमा आगजनी गरेको ती व्यक्तिले पुलिससामु बयान दिएका छन् ।समाचार अनुसार इन्दोरको स्काइ कर्पोरेट क्षेत्रको नजिकै रहेको उक्त क्याफेमा आएर केटीहरुले समेत चुरोट पिउने गर्दथे ।कुनै केटीले चुरोट पिएको ती व्यक्तिलाई कत्तिपनि मन पर्दैनथ्यो, जसका कारण उनले आगो लगाइदिएर भागे । क्याफे सञ्चालकले सीसीटीभी फुटेज निकालेर हेर्दा ती व्यक्तिले आगजनी गरेको पत्ता लागेको हो ।प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । ती व्यक्तिको नाम चाहिं खुलाइएको छैन ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today