Type Here to Get Search Results !

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष र उनका छोरामाथि ज्यान मार्ने उद्योगको मुद्दा

 छिमेकी महिला माथि साँघातिक आक्रमण गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् ।

गौर नगरपालिका वडा नम्वर ३ बस्ने मनोज बर्माको ४५ बर्षिया श्रीमती सुनिता श्रीवास्तव माथि छिमेकी शाखा अध्यक्ष  प्रेमचन्द्र झा र निजका छोरा अभिनाश झाले साँघातिक आक्रमण गरेर नाकमा काटिदिएपछि बुवाछोरा माथि पिडित पक्षले आज सोमवार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएका हुन् ।

आईतवार विहान १० बजेको समयमा सामान्य कुरालाई लिएर बादविवाद हुँदा अभिनाश झाले सुनिता माथि धारिलो हतियार  प्रहार गर्दा नाकमा गम्भीर चोट लाग्दा महिलाको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचार विरगंज स्थित न्यूरोमा भईरहेको छ । निज महिलाको अवस्था खतरायुक्त रहेको बताइएको छ ।

पिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्रदेश समितिको सदस्य पदमा निर्वाचित भएर शनिवार मात्रै घर फर्किएका थिए । आरोपित अध्यक्ष  प्रेमचन्द्र झा नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रहेका छन् । घटना लगतै अभिनासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भएपनि प्रेमचन्द्र अझ प्रहरी नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले बुवाछोरा माथि ज्यान मार्ने मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today