Type Here to Get Search Results !

श्रीमती मारेर भागेका पिटरलाई तिन घण्टामा नै पक्रन सफल

 आफ्नै श्रीमतीलाई कुकर र भण्डु भाडाले हिर्काएर हत्या अभियोगमा एक युवालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

श्रीमतीलाई प्रेसर कुकर र भण्डु भाडाले हिर्काएर भागेका उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाले बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेका छन । प्रहरीका अनुसार मंगलबार राति ११ बजेको समयमा मापासे गरी पिटरले खाना पकाउने कुकरले प्रहार गर्दा टाउको, नाक र मुख समेतमा चोट लागी उनकी श्रीमती २९ बर्षीया छबिमाया गम्भिर घाईते भएकी थिईन् ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा साढेँ १० बजे मृत्यु भएको प्रहरी प्रमुख रमेश थापाले बताए ।
उक्त घटनाको खबर पाएपश्चात पिटरलाई बुधबार राती नै त्रियुगा नगरपालिका ८ राजावास बैरेनिबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भारतको नयाँ दिल्लीमा करिव ९ महिना काम गरी १४ दिन अगाडि नेपाल फर्किएका उनिहरु दशै मनाउन भन्दै पाहुनाको रुपमा त्रियुगा नगरपालिका ५ श्रीपुरस्थित आफन्तको घरमा पुगेका थिए ।

उनिहरुबिच करिव ३ वर्ष अगाडि देखि पारिवारिक विवाद रहेको अनुसन्धानको क्रममा खुलेको डिएसपी चौधरीले बताए । मृतक छबिमायाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतकका दुई सन्तान रहेका जनाईएको छ

भाषामा परिवर्तन गर्नु है कुकर र भड्डू हानेर श्रीमतिको ज्यान लिने पक्राउ
श्रीमतिको विभत्स रुपमा हत्या गरी भारत भाग्न खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने उदयपुरगढी ७ नागबेलीका ३१ वर्षीय पीटर भन्ने सन्तोष राई हुन । राईले हिजो राती २९ वर्षीया श्रीमति छविमाया राईसँग विवाद भएपछि खाना पकाउने प्रेसर कुकर र भड्डु भाँडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते श्रीमतिलाई तत्कालै उपचारको लागि उदयपुर अस्पतालमा ल्याइएपछि चिकित्सकहरुले साढे १० बजे राती मृत घोषित गरेका थिए । कुकर र भड्डुले टाउको, नाक र मुख प्रहार गरी लागी गम्भिर घाइते बनाएका थिए ।

घटनाको प्रारम्भिक जानकारी पाए लगत्तै सक्रिय भएको प्रहरीले पिटरलाई भाग्दै गरेको अवस्थामा त्रियुगा.न.पा.-८ राजाबास बैरेनीबाट पक्राउ गरेको हो । उनीहरु दसैं मनाउनको लागि भारतको नयाँ दिल्लीबाट त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरमा दिदी घरमा आई बसेका थिए । उनीहरु ९ महिना भारतमा काम गरी फर्केको बताइन्छ ।

हत्या अघि अभियुक्त राईले अत्यधिक मदिरा सेवन गरेको बताइन्छ । राई दम्पतीबीच ३ वर्षदेखि पारिवारिक रुपमा विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रीमतिको हत्या गरेपछि राईलाई गाउँलेहरुले लखेटेका थिए । त्यसपछि उनी लुक्दै भाग्दै हिडेका उनलाई त्रियुगा न.पा.९ बैरेनीमा प्रहरीले पक्राउ गर्ने सफलता पाएको हो ।

उदयपुर प्रहरी प्रमुख थापाको नेतृत्वमा खटिएको टोलीले करिब २ घन्टाको खोजपड्तालपछि फेला पारेको हो । भारत भाग्न सक्ने अनुमान गरी सम्भावित नाकाहरुमा प्रहरी व्यापक रुपमा परिचालन गरिएको थियो । र, उनले चिनेजानेका र आफन्तहरुको घरमा पनि प्रहरीहरु खोजीमा खटिएका थिए ।

अभियुक्त राईसँग जम्माजम्मी एक सय रुपैयामात्र रहेको र पैसा खोज्दै आफन्तको घर जान सक्ने प्रहरीको अनुमान सही सावित हुन पुगेको थियो । भारत भाग्नको लागि खर्च खोज्ने आफन्तको घरमा जाँदै गरेका थिए ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today