Type Here to Get Search Results !

मकवानपुरमा खोलाले बगाएर एकजनाको मृत्यु

 मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ ।

राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेट्टिएको हो ।

खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताए ।

मेरो भिनाजु नाता पर्नुहुन्छ, मङ्गलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो’, वडाध्यक्ष प्रजाले बताए ।

बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडाध्यक्ष प्रजाले भने ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today