Type Here to Get Search Results !

धान खेतमा मृत फेला परेका युवक जनकपुरकै

 धान खेतमा मृत फेला परेका युवक जनकपुरकै रहेको खुलेको छ । मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् ।

बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो । टाउको, मुख रकताम्य अवस्थामा उनी मृत फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today