Type Here to Get Search Results !

उत्तरी गाजाबाट भाग्दै गरेका प्यालेस्टाइनीहरूको भीडमा आक्रमण भएको पुष्टि, धेरै बालबालिकाको मृत्यु

 

शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनीहरूको भीडमा हमला भएको खबर आएको थियो। हमलासँग सम्बन्धित भिडियो फुटेज हेरेर अनुसन्धान गरेपछि अब बीबीसी भेरिफाइ टोलीले यसको पुष्टि गरेको छ ।

बीबीसी भेरिफाइले यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको छ। यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन्।

इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि यी रुटहरूमा भीड लाग्ने गरेको छ ।

शुक्रबारको भीडमा भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

बालबालिकामध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन्। फुटेजमा देखिने मानिसको छायाबाट स्थानीय समय अनुसार साँझ ५.३० बजे रेकर्ड गरिएको देखिन्छ ।

तिनीहरूमध्ये धेरैजसो फ्ल्याटबेड ट्रकको पछाडि सुतिरहेको देखियो। अरूहरू सडकमा यता-उता छरिएका छन्। केही क्षतिग्रस्त सवारीसाधन पनि देखिन्छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यस घटनामा ७० जनाको मृत्यु भएको र यसको पछाडि इजरायलको हात रहेको बताएको छ । इजरायलको रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today